फुटबलका मनिष डाँगीलाई वर्षकाे उत्कृष्ट युवा खेलाडीकाे अवार्ड

काठमाडाैं | फागुन २३, २०७९

फुटबलका मनिष डाँगीलाई वर्षकाे उत्कृष्ट युवा खेलाडीकाे अवार्ड

काठमाण्डाै: फुटबलर मनिष डाँगी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पुरुषतर्फको वर्षकाे उत्कृष्ट युवा खेलाडी बनेका छन् ।

 

प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् । मनिषले विश्व कप छनाेटमा इराकसँगकाे खेलमा उत्कृष्ट गाेल गरेका थिए । यस्तै उनले साफ च्याम्पियनशिपकाे उद्घाटन खेलमा आयाेजक माल्दिभ्सँगकाे खेलमा पनि गाेल गरेका थिए । मनिषलाई मच्छिन्द्र फुटबल क्लबलाई शहीद स्मारक 'ए' डिभिजन लिगकाे उपाधि पनि जिताएका थिए ।

 

मनिषले फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।

 

यस्तै पब्लिक च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले पाएकी छिन् । उनले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । यस्तै ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ । खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्